काठमाडौं, २ माघ ।
नेपालका सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ ।
सातवटा कम्युनिस्ट पार्टीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।
केन्द्रले अरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।
कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) काअध्यक्षभविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजनआइरहँदाएकताअभियान शुरु गरेको बताए ।
उनले सच्चा कम्युनिष्टहरुबीचको एकताअभियानचलेको भन्दै धुव्रिकरणले गतिलिने बताए । उनले माओवादीआन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरतादिने बताए । उनले भने, ‘तत्कालिनमाओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँ सम्मआएका छौ ।’
कार्यक्रममावामपन्थी नेतादलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिकदिनभएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमाजोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफलबनाउने जिकिर गरे ।
पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नितिबाट देशकाकुनै पनिनागरिकले कामखोज्न विश्वकाकुनै पनि स्थानमाजाननपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालनबालकृष्ण लम्सालले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपालश्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेनाएकता पार्टी र थारु राष्ट्रिय मुक्तिमोर्चाबीच पार्टीगतएकताभएको हो ।
पार्टी एकतामा सैद्धान्तिक, राजनितिकतथा संगठानात्मक विषयमाखुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापनगर्ने सहमतिभएको छ ।