काठमाडौँ,२ माघ ।
नेपालमा शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पिसीआर परीक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १ हजार ९४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभरी ४ हजार ३०१ सक्रिय संक्रमित रहेका छन् ।
देशभर हाल २३१ जना क्वारेन्टाइनमा रहेका छन् ।