नेपालगन्ज,२ माघ ।
बाँकेमा थप एक जना काेराेना संक्रमित बृद्वाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ की ८० वर्षीया महिला रहेकी छन् ।
उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गयराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।
गत पुस २७ गते अस्पताल भर्ना भएकी ती महिलामा २७ गते नै संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
कोरोना संक्रमितका लागि गरिने सबै उपचारको बिधि अपनाउंदा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन ओलीले बताए । उनको गयराती ११ः३० बजे मृत्यु भएको हो ।
यससँगै बाँकेमा कोरोना संक्रमित मृतकको संख्या ४९ पुगेको छ ।