बुटवल,१ माघ । रूपन्देहीमा बिहीबार थप १२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ महिला र छ पुरूष गरि १२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमितको संख्या ९ हजार ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीको तिलाेत्तमा नगरपालिकाका ६ जना,बुटवल उपमहानगरपालिकाका ४ जना तथा सिद्वार्थनगर नगरपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा हालसम्म ८ हजार ६ सय २२ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् भने १४१ जनाको मृत्यु भएको छ ।
हाल जिल्लाभर २९९ सक्रिय काेराेना संक्रमित रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।