अर्घाखाँची, १ माघ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट बस्ने
हिरादेवी नेपाली रहेकी छन् ।
उनको आफ्नै २३ वर्षिय छोरा बिमल नेपालीकोे कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आमालाई खाना पकाउन लगाएर मासु ल्याउन गएका छोरा बिमलले घरमा आउँदा आमाले खाना नपकाएको रिसमा पाइपले हान्दा हिरादेवीको गयराति ११ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिए ।
कुटपिटमा संलग्न बिमललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।