Share this News on Social Networking Pages

काठमाडौ,१ माघ ।
औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप आयातका लागि आवेदन माग गरेको छ ।

विभागले सूचना जारी र्कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि खाेप आयात गर्न उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमतिका लागि आह्वान गरेको हो ।

कोभिड विरुद्धको औषधि र खोपको आपतकालिन प्रयोगका लागि औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी समेत गरिएको थियो ।

कोभिड—१९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोग सम्वन्धि संहिता, २०७७ र कोभिड—विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणपत्रलाई आधार मान्ने औषधि व्यवस्था विभागले जनाएको छ ।

महामारीको रुपमा फैलिएको संक्रामक रोग कोभिड को रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका औषधि वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाइ दर्ता गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।