Share this News on Social Networking Pages

हेटौंडा,२८ पुस ।
बागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

विविध सामाजिक कार्यमा खर्च गर्ने गरी फाउण्डेशनलाई उक्त रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

पछिल्लो समय गुटभेला गरेको आरोप खेप्दै आएको फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

नेकपा भित्रको आन्तरिक बिवाद उत्कर्षमा पुगेका बेला फाउण्डेसनका नाममा ओली गुटको भेला हुने गरेको नेकपा प्रचण्ड–नेपाल समुहले आरोप लगाउदै आएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल फाउण्डेसनका केन्द्रीय सदस्य रहेका छन् ।

बैठकले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । दोलखाका पाखरेललाई चार वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।