बुटवल,२८ पुस ।
नेपालमा मंगलबार थप ४३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुष गरी ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा २ लाख ५९ हजार ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९३२ पुगेको छ ।
हाल देशभरीे ४ हजार ४०८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितहरुमध्ये २ हजार २८० जना होम आइसोलेसनमा रहेका छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा उनीहरुमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने १९३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।