Share this News on Social Networking Pages

राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग
बुटवल,२७ पुस ।
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजावादीहरुले सोमबार रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेका छन् ।

रुपन्देही बासी नागरिकको व्यानरमा बुटवलको जितगढीबाट सुरु भएको मोटरसाइकल र्याली अमरपथ,गोलपार्क,ट्राफिक चोक,अस्पताललाइन,राजमार्ग चौराह,योगिकूटी हुँदै पुन ः राजमार्ग चौराह आई चौराहबाट पञ्चेवाजा र बिभिन्न झाकी सहितको र्याली निस्किएको थियो ।

राजमार्ग चौराहबाट पञ्जेवाजा,बिभिन्न झाकी सहित सुरु भएको र्याली मिलनचोक,बसपार्क हुँदै अस्पताललाइनमा पुगेर सभामा परिणत भएको थियो ।

जुलुसमा राजतन्त्र जिन्दावाद र राजा ल्याऊ,राजा ल्याऊको नारा समेत लागेको थियो ।
कार्यक्रम संयोजक कृष्ण प्रसाद पुनको सभापतित्वमा सम्पन्न सभामा योगी बलभद्रनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार,राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता रुपसिंह थापा,शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत,दीपेन्द्र ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकको राष्ट्रियताको रक्षा र राष्ट्रिय एकताका लागि राजतन्त्र आवस्यक रहेकोमा जोड दिएका थिए ।

नेपाल राष्ट्र निर्माता पुथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने भन्दै उनिहरुले राष्ट्र निर्माताको योगदानलाई भुलेर मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा हुन नसक्ने बताए ।

पृथ्वी नारायण शाहले नेपालको राष्ट्र निमार्ण नगरेको भए अहिले नेपाली भन्न नपाइने भन्दै वक्ताहरुले कहाँ पाईन्थ्यो भन्दै वक्ताहरुले राष्ट्र निर्माणमा यति ठुलो योगदान दिने बिभुतीहरुलाई कदापी भुल्न नहुने धारणा राखेका थिए ।

विदेशीको इसारामा नेपालमा धर्म निरपेक्षता र संघीयताका लागु गरिएको भन्दै उनिहरुले संवैधानीक राजतन्त्र र सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका थिए ।