Share this News on Social Networking Pages

बुटवल, २७ पुस ।
मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

क्लबका उपाध्यक्ष सुर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले चेतन ठाडा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा अनिल थापा, सचिवमा विवेक थापा, सह–सचिवमा पूजा शाही, कोषाध्यक्षमा आनन्द थामी, सदस्यहरुमा सुमन खनाल, देविन भुजेल, आशिष परियार र मुना शाही निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष ठाडा मगरले आफ्नो कार्यकालमा क्लबलाई थप उचाइमा पुर्याउनुका साथै क्लबको आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबका पुर्व उपाध्यक्ष सुर्य बहादुर थापाको सभापतित्व र बुटवल उप–महानगरपालिका वडा नं–२ का अध्यक्ष रमेश प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुमन खनालको स्वागत क्लबका सचिव विवेक थापाको सञ्चालनमा भएको थियो ।