बुटवल,२६ पुस ।
नेपालमा आइतबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पिसिआर परीक्षण गर्दा १६० जना पुरुष र ९९ जना महिला गरी २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यससँगै नेपालमा २ लाख ५८ हजार ४ सय ४१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४ हजार ४२२ संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ११७९ जनाको होम आइसोलेसनमा छन् भने १९१ जनाको आईसीयू र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशभर २ सय ५७ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा मात्र ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, रुपन्देहीमा १६ जना,दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २ र रोल्पामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा मात्र ३ जनामा संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।