Share this News on Social Networking Pages

बुटवल २६ पुस ।
प्रतिनिधि सभा बिघटनको बिरोधमा नेकपा दाहाल–नेपाल समूह निकट कानून व्यवसायीहरुले बुटवलको सडकमै संविधान पढेर प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको दाबी गरेका छन् ।

आइतबार दिउसो बुटवलको अस्पताललाइनमा आयोजित कार्यक्रममा प्रगतिशील कानून व्यवसायी पशुपती भण्डारी तथा कानूनका विद्यार्थी अनुप पोखरेल लगायतले संविधान पढेर प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको दाबी गरेका हुन् ।

नेकपा संघर्ष समिति रुपन्देहीको व्यानरमा भएको कार्यक्रममा बोल्दै कानून व्यवसायी तथा नेकपा दाहाल–नेपाल समूहका नेताहरुले बर्तमान संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बिघटन गर्ने अधिकार नभएको भन्दै प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको सबैले बिरोध गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा संघर्ष समिति रुपन्देहीका संयोजक पुरुषोत्तम घिमिरे, युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजु गुरुङ, नेकपाका जिल्ला नेताहरु खेम लुइटेल, सिद्धिचरण भट्टराई, प्रदेश सांसद दीपा विक, युवा नेतृ सरिता श्रीषलगायतको सहभागिता रहेको थियो ।