काठमाडौं,२६ पुस ।
प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दा दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न थालेपछि दाहाल–नेपाल पक्षीय सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

संसद बिघटन गरेर प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाह अनुसार आफूहरुले बैठक बहिस्कार गरेको दाहाल–नेपाल पक्षीय सांसदहरुको भनाई छ ।

राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल–नेपाल पक्षमा २१ जना सांसद रहेका छन ।

संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम भने हालसम्म तटस्थ रहेका छन् ।

उनीहरु दुवै जना प्रधानमन्त्रीको सम्बोधन चलिरहदा बैठकमै रहेका थिए ।