काठमाण्डौ,२६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुकेको भिडियो विद्युतीय संचार माध्यममा भाइरल बनेको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले रोष्टमको भूइँतिर फर्किएर थुकेको भिडियो भाइरल बनेको हो ।
प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव, भारतीय सेनापतिको नेपाल भ्रमण, नेपालबाट ऊर्जा सचिव पनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टमको भुइमा थुकेको भिडियोमा देख्न सकिन्छ ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस बुझाएर राष्ट्रिय सभामा सम्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभामा पुगेका थिए ।
आइतबार बिहान आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै देखि अन्त्य गर्ने निर्णय गराएका थिए ।