Share this News on Social Networking Pages

बुटवल,२५ पुस ।
रुपन्देहीमा शनिबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १७ पुरुष र ६ महिला गरी २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ७ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ९ जना,सैनामैना नगरपालिकाका ६ जना, तिलोत्तमा नगरपालिकाका ३ जना,कञ्चन गाउपालिकाका २ जना, सिद्धार्थनगर नगरपालिका,ओमसतिया गाउपालिका र सुद्धोधन गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका थप १२ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।

जिल्लामा हालसम्म ८ हजार ५ सय ७० जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने १ सय ४० जनाको मृत्यु भएको छ ।

रुपन्देही जिल्लामा हाल २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।