प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन
स्याङ्जा,२५ पुस ।
कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका छन् । कांग्रेस कार्यकर्ताले कृषिमन्त्री अर्याललाई स्याङ्जाको वालिङ स्थित पतञ्जली भवन अगाडि कालो झन्डा देखाएका हुन् ।
नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई तरुण दल र नेबिसंघले कालो झन्डा देखाउँदै विरोध जनाएका हुन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बिरोधमा तरुण दलले वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन समेत गरेको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन भैरहेको समयमा पुगेकी मन्त्री अर्याललाई कालो झन्डा देखाएर विरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले जानकारी दिए ।
तरुण दलले शनिबार एक घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम गरेको थियो ।
नेकपा ओली समूहको सिटिहलमा भेला आयोजना गरिएको थियो ।
कांग्रेसको विरोध कार्यक्रम भइरहेको बेला सवार मन्त्रीलाई कालो झन्डा देखाउदा प्रहरी र कांग्रेस कार्यकताबीच सामान्य झडप भएको खाँडले बताए । मन्त्री अर्याल मूलबाटोमा कांग्रेसको विरोधसभालाई छलेर भित्री बाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थल गएकी थिइन् ।