बुटवल,२५ पुस ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२÷०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
संसद बिघटन भएसँगै आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको भन्दै उनले संबिधानको रक्षाका लागि २०६२÷०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसद्वारा आज बुटवलमा आयोजित बिरोध सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
अदालतबाट संसद ब्युतिने विश्वास व्यक्त गर्दै खनालले अदालतबाट संसद ब्युतिन नसके स्वतः ब्युताउनु पर्ने बिचार व्यक्त गरे ।
उहाँले अग्रमनका लागि संपुर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरि,बालकुमारी भन्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की,हरिबहादुर आचार्य,बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।