Share this News on Social Networking Pages

नेपालगन्ज,२४ पुस ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा आेलीकाे निर्णय विरुद्ध सडकमा उत्रिएका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बाँकेमा बयलगाडा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।
प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यक्रम अन्तर्गत सो पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाउन जिल्ला प्रशासन पुग्दा बयलगाडा सहित प्रशासन कार्यालय पुगेका हुन् ।

म केपी ओली, मेरो बयलगाडा लेखिएको ब्यानर बयलगाडामा राखेर प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले ओली कदमको विरोधमा नारा समेत लगाएका थिए ।

संसद विघटनमा पार्टीको बाँके जिल्ला कमिटीको तर्फबाट तयार विरोधपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई बुझाईएको थियो । बयलगाडाको अगाडी अगाडी नेकपाका प्रचण्ड पक्षका केन्द्रीय सदस्य अथक र जिल्ला अध्यक्ष आईपी खरेलले अगुवाई गरेका थिए ।