Share this News on Social Networking Pages

बुटवल,२१ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डिलाराम आचार्यले हिजो ज्ञानेन्द्र शाहले जस्तै संविधान कु गरेर घाेषणा गरिएको चुनाव हुनै नसक्ने बताएका छन् ।
हिजो ज्ञानेन्द्र शाहले संविधान कु गरेर घाेषणा गरिएको चुनावकाे बिरोध गर्न लगाउने नेतृत्वले आज संबिधानलाई कु गरेर चुनाव घाेषण गर्नुआफैमा आपत्तिजनक भएको उनको भनाइ थियोे ।

मंगलबार रूपन्देहीको कञ्चनमा आयाेजित नेकपा प्रचण्ड-नेपाल समुहका अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनलेे त्यसको स्थानिय तहका नेता कार्यकर्ताहरुले गहन अध्ययन गरनुपर्ने बताए । सतही कुरामा बिश्वास गरेर ताली बजाउदा ओलीमा अहमता बढेकै कारण पार्टी एकता दुर्घटनामा परेको समेत बताए ।

मेरो कारण पार्टीले बहुमत ल्याएको हो भन्ने भ्रमले केपी ओलीमा आएको अहम र घमण्डले गर्दा पार्टीको नेतृत्व गरेर सकार संचालन गर्दा समेत पार्टीमा कुनै छलफल र सल्लाह नगरी एकतर्फी संकी पाराले सरकार चलाउने हुर्मत गरेकै कारण पार्टीले धोका खानु परेको र अन्तमा पार्टी बिभजनको परिस्थितीमा पुगेको उनको दाबी थियोे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अर्का नेता पुरुषोत्तम घिमिरेले चटकेले डमरु बजाएर आकर्षण गरेको दर्सक चटक देखाउदा मात्र भए झैं ओली पनि एउटा चटके बाहेक केही नभएको र चटकेको बास्तबिकता संसद बिघटन गरेसंगै छर्लंग भएको बताए ।
पार्टी एकता गर्नु पुर्व जननेता मदन भण्डारीको जनताको बहुदलिय जनवाद पुरानो भएको भन्दै सबै बामपन्थी शक्ति एक भई नया चिराबाट पार्टी संचालन गर्न पार्टी एकता गरेको र पार्टी एकता संगसंगै उनै ओलीको संरक्षकत्वमा नेकपा एमाले नामक दल निर्वाचन आयोगमा दर्ता गर्नुले पनि ओली पार्टी बिभाजनको मुख्य नाइके भएको नेता घिमिरेले बताए ।

राजा महाराजाले जस्तै संबिधानमा नभएको अवस्थामा हामीमा भएको अन्तरनिहित बिशेषाधिकार प्रयोग गरी नयाँ जनादेशको लागि संसद बिघटन गरेको भन्नु ओलीले श्रीपेच बिनाको महाराजा बन्ने कुचेस्त गरेको आरोप लगाउदै घिमिरेले आदलतमा बिचाराधिन मुद्धामाथी आफै वकिल बनि अदालतले फैसला नगर्दै यो राजनितिक मुद्धा भएकोले अदालतबाट फैसला नहुने भन्दै हिड्नु ओलीमा हतास र डरको मानसिकता भएको समेत उललेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चन गाउ समितिका सचिव विनोद कुमार पुनको अध्यक्षता तथा वडा नं. ३,वडा समितिका अध्यक्ष पुष्पराज शर्माको संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सदस्य मेघनाथ पौडेल,अनन्तराम पौडेल,जिल्ला सचिवालय समितिका सदस्य भोला बस्याल,हस्त बहादुर सवांर,चन्द्र प्रकाश घर्ति,कुमारी घर्ति,रुम बहादुर पुलामी,सोमनाथ पौडेल लगायत स्थानिय अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।