Share this News on Social Networking Pages

बुटवल,२० पुस ।
रुपन्देहीमा सोमबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १७ पुरुष र ५ महिला गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ९ सय १३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका ११ जना, बुटवल उपमहानगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिकाका ३ जना र देवदह नगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
जिल्लामा हालसम्म ८ हजार ५ सय ५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने १ सय ३८ जनाको मृत्यु भएको छ ।

रुपन्देही जिल्लामा हाल २ सय ७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।