Share this News on Social Networking Pages

बुटवल, २० पुस ।
पश्चिम नेपाल विकास ट्रष्टले विभिन्न स्वस्थ्य समस्या भएकालाई नगद सहयोग प्रदान गरेको छ ।

किडनीको समस्याबाट पीडित ४० बर्षे दिपक बेलबासेलाई उपचारका लागि रू.१० हजार सहयोग गरिएको ट्रष्टका कोषाध्यक्ष पदमलाल घिमिरेले बताए ।

त्यस्तै ब्लड क्यान्सर पीडित ९ बर्षे बिष्णुहरी पोखरेललाई ११हजार ५ रुपैया उनको उपचारको लागि प्रदान गरिएको छ ।

ट्रष्टले मुटु सम्वन्धी समस्याबाट पीडित ५५ बर्षे हरिदेव थापा १० हजार रुपैया उपचार को लागी प्रदान गरेको छ ।

पश्चिम नेपाल विकास ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले उनीहरुलाई सहयोग प्रदान गरेकी थिइन ।

त्यस्तै ट्रष्टले लुम्विनी दृष्टिविहिन होस्टेललाई खाद्यान्य र लुगाहरू प्रदान गरेको छ ।

कार्यक्रमको लागि नमस्ते नोमाद र विभिन्न ब्यक्तित्वहरू, आन कोनेली र अन्य ब्यक्तित्वहरूले आर्थिक सहयोग गरेको कोषाध्यक्ष घिमिरेले बताए ।

कार्यक्रममा अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुंग, कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारीलगायतले यस किसिमका सहयोग कार्यक्रम आगामी दिनमा पनि जारी राखिने बताएका थिए ।