बुटवल,२० पुस ।
मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा बुटवलमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका ४ का २०बर्षीय सरोज भण्डारी रहेका छन् ।
बुटवलको राजमार्ग चौराहबाट मिलनचोक जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकललाइ सोमबार बिहान मिलनचोक नजिकै लु १ क ३३७० नम्बरको मिक्सचरले ठक्कर दिदा गम्भीर घाइते भएका उनको रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा दिउसो मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि क्रिमसन अस्पताल लगीएको थियो ।
भण्डारीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए ।
उनका अनुसार ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन ।