बुटवल,२० पुस ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको २५ पुसमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुरेन्द्र प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद शर्माको उम्मेदवारी परेको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका दुवै जना रुपन्देहीका व्यवसायी हुन् ।
प्रदेश उद्योग बाणिज्य संघको नेतृत्वका लागि केही पदमा उम्मेदवारी परेपनि सर्व सम्मत गराउने प्रयास भइरहेको संघका प्रदेश अध्यक्ष गुणनिति तिवारीले जानकारी दिए ।
मंगलवार सम्म उम्मेदवारी फिर्ता लिने समय रहेकोले सर्वसम्मत गराउने प्रयास भईरहेको उनले बताए ।
आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्योगी ब्यवसायिको सहयोगवाट नै नेपाल उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेशले राम्रो काम गर्न सफल भएको उनको भनाई थियो ।
अध्यक्षका दावेदार सुरेन्द्र प्रसाद श्रेष्ठले आफुलाई एक बर्ष अगाडिदेखिनै उद्योग बाणिज्य संघहरूले उम्मेदवारी वनाउने घोषणा गरेकोले उम्मेदवारी दिएको वताए ।
उनले लुम्बिनी प्रदेशका उद्योगी व्यवसायिको हितमा केन्द्रको निर्देशन अनुसार काम गर्ने वताए ।
अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद शर्माले आफुले यस क्षेत्रको उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।
नेपाल उद्योग बाणिज्य संघको निर्वाचनपछि मात्र कृष्णप्रसाद शर्मालाई उम्मेदवारी वनाईएको वताईएको छ ।
अध्यक्षमा सहमति हुन नसके दुईजनावीच प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचनको लागि जिल्ला नगरतर्फ ३० मत अर्थात ५० प्रतिशत र एशोसियट तर्फ १ सय १२ मत अर्थात ३० प्रतिशत गरि कुल १४२ मत रहेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ३६ उद्योग बाणिज्य संघ मध्ये ३० वटाले मतदान गर्ने छन । यहाँ वस्तुगत तर्फभने मतदाता रहेका छैनन् ।
उपाध्यक्षमा भने दुई पदका लागि दुईजना गोपाल भट्टराई र अमित गोयन्काको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएको छ । कोषाध्यक्षमा एक पदका लागि दुईजनाको उम्मेदवारी परेको छ भने जिल्ला नगर सदस्यमा ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।