बुटवल,८ मंसिर ।
बिचौलियाको कार्य गरेको आरोपमा प्रहरीले बुटवलबाट सात जनालाई नियन्त्रणमा लिएको छ ।
रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. १३ स्थित यातायात ब्यवस्था कार्यालय रुपन्देहीको परिसरबाट उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.१३ बस्ने बर्ष ४३ की लक्ष्मी खनाल,बुटवल उप–महानगरपालिका वडा नं.१३ कै बर्ष ६२ को खोमलाल भुषाल,बुटवल उप–महानगरपालिका वडा नं.८ बस्ने बर्ष ५४ को ऋषिराम खनाल, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.५ बस्ने बर्ष ४२ को हेम प्रसाद भट्टराइ, रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं.१ बस्ने बर्ष ३१ को बिजय क्षेत्री, पाल्पा बगनासकाली गाउँपालिका वडा नं.१ बस्ने बर्ष ५३ को प्रेमधोज श्रेष्ठ र गुल्मी मालिका गाउँपालिका वडा नं.५ बस्ने बर्ष २३ को मनोज अर्याल रहेका छन् ।
नियन्त्रणमा लिइएकाहरुमाथी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






