पर्सा,२३ कार्तिक ।
पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार बिहान स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पड्काउने क्रममा घाइते भएका थिए। पटाकाको छर्रा उनको छातीको बीच भागमा लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहान नै उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।