बुटवल,२० कार्तिक ।
सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको भाषा,संस्कार र संस्कृति संरक्षणमा राज्यले ध्यान दिनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शुक्रबार संवाद समूह लुम्बिनीकाे सहजिकरणमा बुटवलमा आयोजित
लुम्बिनी प्रदेशका सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको मार्गचित्र प्रस्तुति एवं छलफल कार्यक्रममा सहभागी सराेकारवालाहरूले सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको भाषा,कला र संस्कृति लाेपाेन्मुख अवस्थामा रहेको भन्दै त्यसको संरक्षणका लागि राज्यले योजना ल्याउनुपर्नेमा जाेड दिएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाकाे सामाजिक विकास समिति सभापति यमबहादुर नेपाली सार्कीले प्रदेशमा बसाेबास गर्ने सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको अवस्था दयनीय रहेको भन्दै उनिहरूलाई सामाजिक र आर्थिक रूपमा माथि उठाउन राज्यले आवश्यक नीति ल्याउनुपर्ने बताए ।
प्रदेश सभा सदस्य इन्द्रा गहतराजले दलित अल्पसंख्यक समुदायका समस्या धेरै रहेको भन्दै उनिहरूका समस्या समाधानका लागि पटकपटक आवाज उठाउदा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।
लुम्बिनी प्रदेशका सिमान्तकृत,लाेपाेन्मुख,अल्पसंख्यक समुदायको मार्गचित्र प्रस्तुत गर्दै प्रस्ताेता जेवी बिश्वकर्माले नेपालमा बसाेबास गर्ने
सिमान्तकृत,लाेपाेन्मुख तथा अल्पसंख्यक समुदायमध्ये ७३ प्रतिशत लुम्बिनीमै रहेको उल्लेख गरे ।
सिमान्तकृत समुदाय मध्येको कुसुण्डा जातिको भाषा लाेप हुने अवस्थामा रहेको भन्दै उनलेे त्यसको संरक्षणका लागि राज्यले उपयुक्त योजना ल्याउनुपर्नेमा जाेड दिए ।
संवाद समूह लुम्बिनीका बरिस्ठ सहजकर्ता सुशील बस्नेतकाे सहजिकरणमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्याैपाने,उच्च अदालत बुटवल बार एशाेसिएशनका अध्यक्ष माधव प्रसाद घिमिरे ,तथ्यांक अधिकृत नन्दलाल कुर्मी,पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य,पत्रकार अमृता अनमाेल,बिनाेद परियार,साहित्यकार ऋषि आजाद,अधिकारकर्मी रिमा बिसी,सहजकर्ता बिक्रम खड्का,जया थापा, मनु खड्का,अपांगता अधिकारकर्मी रजिता रेग्मी,धर्म घिमिरे,साेभाकर पाैडेललगायतले आ आफ्नो भनाइ राखेका थिए ।






