काठमाण्डौ,१२ कार्तिक ।
नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९ ओभर ५ बलमा पूरा गरेको हो ।
कर्णालीका कप्तान सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाए। गुल्सन झा २८ रनमा नटआउट रहे। बलिङतर्फ पनि सोमपालले चार विकेट लिए । त्यस्तै नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । उसका लागि लोकेश बमले ५२ बलमा ८७ रन जोडे । तर जीतका लागि पर्याप्त भएन । विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । प्रतिश जिसी, सन्दिप लामिछाने र चरिथ असलंकाले १/१ विकेट लिए ।
एनपीएलमा भोलि विश्राम दिन रहेको छ ।






