बुटवल,१२ कार्तिक ।
रुपन्देहीको देवदहस्थित मिलनचोकमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका–७ मिलनचोक निवासी ८२ वर्षीय बुद्धिप्रसाद पोखरेल रहेका छन् ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले पोखरेललाई ठक्कर दिएर फरार भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






