काठमाडौं,९ कार्तिक ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध माइतीघरमा सोमबार प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज,लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले आनीको नियुक्ति खारेजी, नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषय छानबिन गर्न माग गरेका छन् ।

आनीको नियुक्तीलाई लिएर लुम्बिनीमा निरन्तर प्रदर्शन भइरहेको छ । लुम्बिनी बचाउ महाअभियान, स्थानीय संघसंस्था, सरोकारवाला लगायतले विरोध गरिरहेका छन् ।