बुटवल,७ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थितबाट वेवारिसे अवस्थामा रहेको १४ लाख ८५ हजार ७४० रुपयाँ बरावरको सामानहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सामानहरुमा २६५ पिस टाउजर,बच्चाको ज्याकेट –८० पिस,बच्चाको सुईटर ८५० पिस,ज्याकेट– ६० पिस र मोजा ४५० जोर रहेको छ ।

आज दिउँसो करिब एक बजेको समयमा भन्सार छली गरेर ल्याइएका उक्त सामान नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जानकारी दिए ।