दाङ,६ कार्तिक ।
अवैध रूपमा विभिन्न किसिमका पटका ल्याइँदै गरेका एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्।

अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलले जानकारी दिए ।

बरामद गरिएका पटाकाको बजार मूल्य करिब दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय,तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।