काठमाडौं,२२ असोज ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो । त्यसपछि पनि मतदान हुन सकेन ।
समयमै मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको छ । निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण मतदानका लागि भोलि बिहानका समय तयगरिएको निर्वाचन समितिले जनाएको छ ।






