बुटवल,२० असोज ।
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सन्दीप रानाले उमेदवारी दिएका छन् । नेकपा एमालेको पकेट क्षेत्रको रुपमा रहेको पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रानाले कांग्रेसको केन्द्रीय सदस्यमा खुलातर्फ उमेदवारी दिएका हुन् ।

मिलनसार स्वभावका रानाले प्रतिनिधिसभामा पनि प्रतिपक्ष दलका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।