काठमाडौं,२० असोज ।
नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका हुन ।
बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । ७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।






