बुटवल,१९ असोज ।
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनी छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री समेत रहेकी गिरीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् । उनी प्यूठान निवासी हुन् । कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

उनले पार्टी संगठनसम्म सुशासन, पारदर्शिता, सामाजिक न्याय र नयाँ पुस्ताको सहभागिताका विषयलाई निरन्तर उठाउँदै आएकी छन् । प्रदेश सभामा उनले ‘मेरो विद्यालय, मेरो दायित्व’, प्रदेश आयोजना बैंक, संस्थागत स्मृति हस्तान्तरण, जेनजी पुस्तालाई रोजगारीमा प्राथमिकता, सुशासन ऐनको कार्यान्वयन तथा कारागार र बालसुधार गृह सुधारजस्ता विषयलाई निरन्तर एजेण्डा बनाउँदै आएकी छन् । लुम्बिनी प्रदेश सभामा उनी सबैभन्दा बढी क्रियाशील रहने प्रदेश सभा सदस्यको रुपमा पहिचना बनाएकी छिन्

राजनीतिमा देखिएका विकृति र कुशासन हटाउँदै राजनीतिलाई पुनः समाजसेवाको माध्यम बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको गिरीले जनाइन् । आफ्नो उम्मेदवारीलाई सबैको साथसहयोग विश्वास लिएको उनको भनाई छ ।