बुटवल,१८ असोज ।
पेस्तोल र २ राउण्ड गोलीसहित रुपन्देहीको देबदहबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं.५ स्थायी वतन भएका वर्ष ४२ को दिपक खरेल भन्ने दुर्गा प्रसाद खरेल, देवदह नगरपालिका वडा नं. ५ मितेरि गाउ बस्ने वर्ष ३८ को कमल शर्मा र सोही ठाउँका वर्ष १८ को अमृत खरेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही असोज १७ गते शनिबार अन्दाजी २.४५ बजेको समयमा दिपक खरेल भन्ने दुर्गा प्रसाद खरेलको पेस्तोलबाट १ राउण्ड गोली फायर हुँदा रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.९ मिलनचोक बस्ने वर्ष २२ को रायन खत्री क्षेत्रीको दाहिने गालाको छाला खोल्सिएर घाईते भई देवदह मेडिकल कलेज भलुहीमा उपचार भईरहेको अवस्थामा तत्कालै प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले घटनामा सलग्न निज दिपक खरेल भन्ने दुर्गा प्रसाद खरेललाई १ थान पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा कमल शर्मा र अमृत खरेल समेतलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय,रुपन्देहीका सचूना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।