बुटवल,१८ असाेज ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति कोशी,मधेश,बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी र बागमती प्रदेशको हिमाली भू-भाग,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






