काठमाण्डौ,१७ असाेज ।
नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । मृतक पाँच जनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी कावासोतीमा रहेको मध्यबिन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।