स्याङ्जा,२९ भदौ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा ४ सुनार टोल बस्ने वर्ष ३५ सबिना सुनारको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार बिहान मेलपानी भिरमा घास काट्ने क्रममा अचानक अन्दाजी चार मिटर तल लडेर सुनार घाइते भएकी थिइन् ।
घाइते सुनारको प्रदेश अस्पताल पुतलीबजार,स्याङजामा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।






