बुटवल,२८ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीको १२औं राष्ट्रिय भेला रुपन्देहीमा हुने भएको छ ।

हालै बसेकाे पार्टीको अनलाईन बैठकले उक्त निर्णय गरेकोे महासचिव टोप अस्लामीले जानकारी दिए ।

मूलुकको वर्तमान परिस्थितिमा आफ्नो जिम्मेवारी बारेमा औपचारिक धारणा बनाउन साथै पार्टीलाई बलशाली रुपमा उभ्याउन अनलाईन बैठक बसेको महासचिव अस्लामीले बताए ।

पार्टी बैठकलाई आवश्यक्ता अनुसार डिजिटल बैठकको अभ्यासमा पनि जोडेर जाने नीति अनुसार संघीय परिषदको अनलाईन बैठक बसिएको केन्द्रीय सचिवालयले जनाएको छ ।

पार्टी उपमहासचिव एवं सचिवालय प्रमुख चेत बहादुर आलेका अनुसार अनलाईन बैठक अगाडि सचिवालयको नियमित बैठक समेत सम्पन्न भएको छ ।

मूलुकको वर्तमान परिस्थितिमा आफ्नो जिम्मेवारी बारेमा औपचारिक धारणा बनाउन साथै पार्टीलाई बलशाली रुपमा उभ्याउन आज अनलाईन बैठक बसेको केन्द्रीय सचिवालयले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीलाई भजाएर निहित स्वार्थ पूर्ति गर्नेहरुका विरुद्ध लामो लडाई‌ लडेर आफ्नो सांगठनिक अस्तित्व र विरासतलाई जोगाउन सफल भएको राष्ट्रिय जनमुक्ति पार्टी १२ औं राष्ट्रिय भेलाको तयारीमा छ । यस सम्बन्धमा आजको बैठकमा घनीभूत रुपमा छलफल भएको र कार्यान्वयनको लागि एक मतले निष्कर्षमा पुगेको उपमहासचिव आलेको भनाई छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीको अध्यक्षतामा बसेको । बैठकमा आमन्त्रित सदस्यको रुपमा लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, साथै नेपाल राष्ट्रिय थारु मञ्चका केन्द्रीय संयोजक रेखा प्रसाद चौधरी समेतकाे सहभागीता रहेको साे पार्टीले जनाएको छ ।