अझै ४ हजार ८९ जना वेपत्ता
काठमाडौं,२८ भदौ ।
रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुमध्ये अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन् । जसमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
१ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ । नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ ।
त्यस्तै शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । अहिलेसम्म जम्मा ३ हजार १३२ डीएनए नमूना निकालएको छ ।
बाढीमा परी अझै ४ हजार ८९ जना वेपत्ता छन् ।
बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन् । जसमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ । १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ ।






