नवलपरासी,२७ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले शनिबार बिहान करिब ६: ५० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।