दाङ,२७ भदौ ।
हरितालिका तीजको अवसरमा भदौ २९ गते सोमबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला,कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा
दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ । यससँगै भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन् ।