बुटवल,२३ भदौ ।
रुपन्देही प्रहरीले अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको १७ लाख ५८ हजार २०० रूपयाँ मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको १७ लाख ५८ हजार २०० रूपयाँ मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
जिल्लाकाे बुटवल उप–महानगरपालिका वडा नं.५ स्थित अमरपथबाट अ.मूल्य रु.१२ लाख १ हजार बराबरको ५६० पिस कुर्ता सुरुवाल र ५४ पिस बच्चाको फ्राग बरामद गरेको छ भने बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित दिपनगरबाट २ लाख ३१ हजार बराबरको १४२ पिस कुर्था सुरवाल र २४ के.जी.दुध पाउण्डर बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाकाे सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहियाबाट २ लाख ९७ हजार २०० बराबरको चक्लेट,मल्किस्ट बिस्कुटलगायतका सामान नियन्त्रणमा लिएको छ भने कोटहीमाई गाँउपालिका वडा नं. ७ स्थित कटैयाबाट २९ हजार बराबरको ७ पिस मोबाइलको डिस्प्ले, ६ पिस कभर, २ पिस चार्जर, २ पिस व्याट्री, ४० पिसटम्पर ग्लास र १ पिस गम बरामद गरेको छ ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।






