काठमाडौँ,२२ भदौ ।
भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या १ हजार ३ सय ५५ पुगेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज सोमबार बिहान ११ बजेसम्म भोटेकोसी बाढीमा ज्यान गुमाएकाको संख्या १ हजार ३ सय ५५ पुगेको हो ।

यस्तै हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् ।