काठमाडौँ,२१ भदौ ।
रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५३ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार ५३० पुरुष र ३२८ महिलाको शव भेटिएको छ । साथै ४९५ जनाको आंशिक अंग भेटिएको छ ।

पहिचान नभएका १ हजार ४४ शव जमिनमुनि गाडिएको छ । प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ३ हजार ९९२ जना सम्पर्कविहीन छन् ।