बुटवल,१९ भदौ ।
बुटवल स्थित बुद्व सामुदायिक टेलिभिजनको १९ औ वार्षिकोत्सव कार्यक्रम आजदेखि शुरु भएको छ । वार्षिकोत्सवको शुक्रबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले टेलिभिजनलाई समयानुकुल प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिए । जनप्रतिनिधिहरूले आफुले गरेका कामको समिक्षा गर्ने बेला आएको भन्दै उनले बुटवलले शिक्षामा ठूलो लगानी गरेकै कारण शिक्षामा गर्व गर्ने अवस्थामा पुगेको बताए ।

शिक्षासँगै स्वास्थ्यको क्षेत्रमा पनि बुटवलले उल्लेख्य लगानी गरेको बताउदै नगर प्रमुख पाण्डेयले स्वास्थ्यमा सबैको पहुँच पुर्याउन बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए । शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोडेर बुटवलबासीलाई आत्मनिर्भर बनाउन बुटवल उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दे आएको भन्दै उले पछिल्लो समय प्रविधिको प्रयोग बारे आवस्यक तालिमको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा टेलिभिजनका अध्यक्ष झपटबहादुर गुरूङले १८ बर्ष अगाडी स्थापना गरिएको टेलिभिजन यहाँसम्म ल्याइपुर्याउने पुर्व पदाधिकारी तथा सदस्य एवं कर्मचारी प्रति आभार ब्यक्त गर्दै आगामि दिनमा टेलिभिजनलाई थप परिस्कृत र ब्यवस्थित गर्दै लैजाने प्रतिवद्धता जनाए । शान्तिका लागि संचार अभियान भन्ने पवित्र उदेश्यले टेलिभिजन सञ्चालन गरे पनि राज्यको मिडिया नीति राम्रो नहुँदा मिडियाहरुको अवस्था दयनीय भएको गुनासो गरे ।

टेलिभिजनका उपाध्यक्ष अरूण कुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष ओम ज्ञवाली,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा टेलिभिजनका सल्लाहकार रामराज पोखरेल,सल्लाहकारहरु रीता सेन वली, नारायण नागिलालगायतले प्रविधिको विकाससँगै टेलिभिजनलाई पनि समयानुकुल रूपान्तरण र परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।

बार्षिकोत्सवकै अवसरमा टेलिभिजनले भदौ २२ गते भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरिनुका साथै २५ गते æसंस्कृति संरक्षणमा शिक्षाको महत्वÆ विषयक विद्यालय स्तरीय मौलिक तीजगीत प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका सचिब डोलराज बस्यालले जानकारी दिए ।