बुटवल,१६ भदौ ।
नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छिन् । युनियनको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट सभापतिमा तिवारी निर्वाचित भएकी हुन् ।
मंगलबार भएको मतदानमा तिवारीले ५५ मत पाइन् भने सभापतिका अर्का प्रत्याशि दिपक घिमिरे ४४ मत पाए ।
यस्तै सचिवमा राम भण्डारी निर्वाचित भएका छन् । सचिवका अर्का प्रत्याशि आचार्य प्रदिपलाई १ मत अन्तरले पराजित गर्दै भण्डारी सचिवमा निर्वाचित भएका हुन् । भण्डारीले ५० मत ल्याए भने आचार्यले ४९ मत ल्याए ।
यस्तै उपाध्यक्षमा रमेश अर्याल (खुल्ला), सिता गौतम बराल (महिला), तिलक सुवेदी (समावेशी) सर्वसम्म रुपमा चयन भए ।
साथै कोषाध्यक्षमा कल्पना शर्मा र सहसचिवमा सृष्टि अधिकारी भुसाल र बसन्तराज बराल चयन भएको निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीले बताए । यस्तै समितिको कार्यसमितिमा सन्तकुमार श्रेष्ठ र नविन राना र्निविरोध निर्वाचित भएका छन् ।
सभापति र सचिव बाहेक अन्य पदमा भने सर्वसहमति भएको थियो । अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।






