नवलपरासी,१५ भदौ ।
भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले पश्चिम नवलपरासीमा गोली प्रहार गरेको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन ।
पश्चिम नवलपरासीका एसपी रामबहादुर केसीले ब्यूरोबाट भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको पुष्टि गरेका छन् । तर यसको सबै विवरण ब्यूरोमा हुने बताए ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले ब्यूरोले भाग्दै गरेका लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको जानकारी पाएको तर सबै विवरण प्रहरीमै रहने बताए ।






