काठमाडौँ,१३ भदौ ।
रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ (पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस) फोडेकाे आराेपमा २९ जना पक्राउ परेका छन् ।
बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






